नारायणपुर, ६ फागुन । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा यही चैत १७ गतेदेखी २४ गतेसम्म नारायणपुरमा हुने महायज्ञ सफल बनाउनकालागी सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान एवं ज्ञानमहायज्ञ सफल बनाउने विषयमा आज शनिवार नारायणपुरमा आयोजना गरिएको छलफलमा सहभागीहरुले महायज्ञ सफल बनाउनकालागी आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
महायज्ञ आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काको अध्यक्षता एवं हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी यस क्षेत्रका सम्पूर्ण संघसंस्था, व्यापारी, उद्योगी, वुद्धिजीवी तथा धार्मीक आश्था राख्ने २ सय बढी सहभागीहरुले महायज्ञ सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले सामाजिक कार्यकालागी आयोजना गरिएको महायज्ञमा सहयोग गर्नकालागी सबैसँग अनुरोध पनि गरेका थिए ।
कार्यक्रममा महायज्ञकालागी चन्द्रकान्त लम्साल संयोजक रहेको आर्थिक लेखा समिति गठन गरिएको छ । जसको सदस्यमा काशिराम खनाल र शिशीर लम्साल रहनुभएको छ । महायज्ञमा पूजाकर्ताको लागी सुर्यबहादुर रावत र कृष्णा रावतलाई जिम्मेवारी दिईएको छ । यस्तै महायज्ञकालागी नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्साल संयोजक र भरतमणी खनाल, राधा केसी, रुक्मीनी न्यौपाने, लक्ष्मी लम्साल र चन्द्रप्रसाद चौधरी सदस्य रहेको दाता पहिचन समिति गठन गरिएको छ । साथै महायज्ञको उद्घाटनको दिन भव्य शोभायात्राको आयोजना गर्ने निर्णय पनि आजका छलफलबाट निर्णय भएको छ । कार्यक्रको सहजिकरण गुमानसिंह वलीले गर्नुभएको थियो ।






No comments:
Post a Comment