विमला घर्ती मगर
दाङ, ६ चैत्र गते । नेपाल मगर पत्रकार संघ दाङले नयाँ बर्ष २०७३ को अवसरमा चैत्र ३० गते बृहत छलफल कार्यक्रम गर्ने भएको छ । मगर पत्रकार संघ दाङको दोस्रो जिल्ला बैठकले जिल्लाका विभिन्न मगर संघ÷संगठनहरुसंग बृहत छलफल गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष रेखा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा मगरको प्रमुख आतिथ्यता तथा सल्लाहकार देविका घर्ती मगरको विशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रम सफल पार्नका लागि जिल्ला अध्यक्ष रेखा मगरको संयोकजत्वमा तीन सदस्य समन्वय समिति गठन गरेको छ । जसको सदस्यमा शान्तकुमार बुढा र विमला घर्ती मगरलाई चयन गरेको छ ।यस्तै मगर पत्रकार संघ दाङको सदस्यमा हिरासिंह राना मगर र मञ्जु रोका मगरलाई चयन गरिएको छ ।
यस्तै जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत मगर सञ्चारकर्मीको तथ्यांक संकलन गर्ने पनि निर्णय गरिएको छ । त्यसका लागि घोराही क्षेत्रमा विमला घर्ती, तुलसीपुर क्षेत्रका लागि मनु मगर, लमही क्षेत्रका लागि बसन्त घर्ती मगर र इरादा घर्ती मगरलाई जिम्मा दिने निर्णय गरिएको छ ।।

No comments:
Post a Comment