ताजा अपडेट

...


क्रान्तिकारी महिलाको नगर भेला सम्पन्न



 इन्द्रेनी संवाददाता 
 दाङ, ६ चैत । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) घोराही नगरको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । भेलाले सुशीला नेपालीको अध्यक्षतामा ४ जना सदस्य पछि थप्ने गरी १९ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा जमा पुन, सचिवमा हेमकुमारी पुन, सहसचिवमा मनिषा पुन र कोषाध्यक्षमा गीता रेग्मी रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा माया विक, देवकली थापा, दीपा पुन, कल्पना दर्लामी, ओनसरी बुढा, सुमित्रा रोका, संगीता परियार, जुठी बुढा, अञ्जु पुन र झरना घर्ती रहनुभएको छ ।

दिलकुमारी बुढाको अध्यक्षता तथा संघका १० औं जिल्ला सम्मेलन आयोजक समितिका संयोजक पुनम शेर्पालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकीकृत नेकपा (माओवादी) जिल्ला सदस्य लुमाकान्त न्यौपाने ‘सागर’, निशाना मगर, वाइसिएलका प्रकाश पुनमगर, नेपाल मगर संघका कीर्तिमान पुन मगर, पूर्णकुमारी पुनमगर, मगर सांस्कृतिक संघका सुजन बुढामगर, हरिद्वार आमा समूहका हेमकुमारी पुन, उदय विकलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको थियो । कार्यक्रमको सञ्चालन जमा पुनले गर्नुभएको थियो ।

यसैबीच शनिबार नै अनेम संघ (क्रान्तिकारी) त्रिपुर नगरको भेला पनि सम्पन्न भएको छ । भेलाले शोभा डाँगीको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरी १५ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सावित्रा परियार, सचिवमा हिरादेवी बुढाथोकी, सहसचिवमा विमला शाह र कोषाध्यक्षमा निहारिका पुन रहनुभएको छ ।

समितिका सदस्यहरुमा शारदा शर्मा, कमला चौधरी, देवा खड्का, देवका परियार, नन्दकली विक, पवित्रा श्रेष्ठ, विमला बुढा र शान्ता चौधरी रहनुभएको छ । शोभा डाँगीको अध्यक्षता तथा सम्मेलन आयोजक समितिका सदस्य बालिका शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाओवादी जिल्ला सदस्य तथा त्रिपुर नगरका संयोजक प्रमोद शर्मालगायतले बोल्नुभएको थियो । सावित्रा परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शान्ता चौधरीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.