ताजा अपडेट

...


दाङमा जुनेली र ब्रजेश को चर्चा



इन्द्रेनी संवाददाता
चैत्र ६ दाङ । घोराहीको पत्रकार महासँघको सभाहलमा शनिवार साहित्यकारहरुको भिड वाक्लिदै थियो । साँझ पर्नै लागेको वेला सभाहलमा देखिए भर्खरै वजारमा आएको उपन्यास जुनेलीका परिचर्चा भएको थियो । मदानी साहित्य समुहले आयोजना गरेको कार्यक्रममा वसन्त विवश आचार्यसँग गफिदै लेखक व्रजेशले जुनेली उपन्यासले नेपाली पीडित नारीको पीडालाई मुखरित गरेको वताए । उनले भने ‘रहरहरु मारेर अर्काका रहरहरु सजाउने हाम्रै वरपरका महिलाहरुको कथा हो यो ’ । 

उपन्यास र फिल्मी शैलीको भएको भन्ने पाठकको जिज्ञासालाई सम्वोधन गर्दै उनले उपन्यासमा फिलिममा जस्तै चित्रहरु सजिवताका साथमा आउनुपर्ने वताए । पुस्तकलाई समिक्षकको आँखाले भन्दा पनि आफ्नै आँखाले हेर्न प्रवृत्तीको विकास हुनुपर्ने उनको भनाई थियो । पुस्तकमा प्रयोग भएका अश्लिल शब्दहरु पात्रहरुलाई जिवन्तता दिने सन्दर्भमा आएको वताउदै उनले अश्लिलता मानिसको सोचाइमा भरपर्ने कुरा वताए । पुस्तकले पाठकलाई वाँध्न सकेन भने सामाजिक उत्तरदायित्व मात्र सोचेर केही नहुने उनको भनाई थियो । पुस्तकको समिक्षा गर्दै समिक्षक टिका वस्नेतले नेपाली महिलालाई केन्द्रमा राखेर लेखिएको जुनेली उत्कृष्ट उपन्यास भएको वताए ।  वुकहिलले प्रकाशन गरेको जुनेली उपन्यासको प्रतिक्रिया वुझ्नका लागि लेखक दाङ्ग आएका थिए ।
   कार्यक्रमको दोस्रो सत्रमा प्रकाशकका सुख दुखका वारेमा कुरा गर्दै पुस्तक प्रकाशक सस्थावुक हिलका प्रकाशक भुपेन्द्र खड्काले पछिल्लो समय पुस्तकको वजारिकरण वढ्दै गएको वताए । ‘लेखकहरुलाई सेलिव्रेटि वनाउनमा प्रकाशन गृहहरु निरन्तर लागिरहेको समेत उनले वताए । नयाँ नयाँ प्रकाशन गृहले पुस्तकको वजार फराकिलो वनाउदै लगेको उनको भनाई थियो । पुस्तकलाई वजारले निर्देश गरिरहेकाले वजारको आँकलन गर्न नसक्ने प्रकाशन संस्थाहरु विस्तारै ओरालो लागेको समेत उनले वताए । १०० वढिको उपस्थितिरहेको कार्यक्रमको सञ्चालन केशरमान विसीले गरेका थिए । 

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.