ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
मुस्कान सहितको परिक्षा केन्द्र वनाईने
इन्द्रेणी संवाददाता
जाजरकोट, ६ चैत ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यार्थीहरुलाई हसौला प्रदान गर्न यसवर्षको प्रवेशिका परिक्षालाई मुस्कान सहितको वनाउने भएको छ । यस वर्ष देखि एसएलसी परिक्षाको नतिजामा स्तर निर्धारण गरिने भएकोले उत्साह थप्दै परिक्षा परिणाममुखी वनाउन जिल्लाभरका १९ वटै परिक्षा केन्द्रलाई मुस्कान सहितका केन्द्र वनाईने जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहका अनुसार मुस्कान सहितका परिक्षा केन्द्रले परिक्षार्थीलाई हौसला प्रदान हुनुको साथै नयाँ जागरण पैदा गर्नेछ । परिक्षालाई सभ्य र मर्यादित वनाउन सवै परिक्षा केन्द्रलाई चिट रहित वनाईने जिल्ला शिक्षा अधिकारी सिंहको भनाई छ ।
यस्तै, परिक्षा समय अवधिभर परिक्षा केन्द्रको वरिपरि हुने भिड्भाडलाई पुरै नियन्त्रण गर्न शिक्षा कार्यालयले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरिसकेको वताईएको छ । साथै, परिक्षा केन्द्रलाई किशोर–किशोरी मैत्री वनाईने भएको छ । १९ वटै परिक्षा केन्द्रमा छात्राहरुका लागी सेनिरेटी प्याड्, अन्य प्राथमिक उपचारका लागी औषधी र उपकरणको व्यवस्था गरिने वताईएको छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment