ताजा अपडेट

...


रोल्पामा वर्षेनी वालविवाह वढ्दो




इन्द्रेणी संवाददा
रोल्पा, ६ चैत्र

वालविवाह न्युनिकरणका लागि विभिन्न अभियान चलिरहे पनि रोल्पामा वालविवाह गर्नेहरुको संख्या वढ्दो देखिएको छ । महिला तथा वालवालीका कार्यालयका अनुसार सवैभन्दा वढि जनजाती समुदायमा वालविवाह हुने गरेको पाईएको छ ।
४५ प्रतिशत वालविवाह जनजाति समुदायभित्र भएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याँकअनुसार दलित समुदायमा वालविवाह गर्नेको संख्या २३ प्रतिशत र अन्यमा ३२ प्रतिशत रहेको छ । गाउँगाउँमा जनचेतना र जागरणका कार्यक्रम भईरहे पनि वालविवाह भने नरोकीएकोकार्यालयका महिला बिकास निरिक्षक तारा सुनुवारले बताउनुभयो ।

यसैविच, सम्झाँउदा सम्झाँउदै पनि वालविवाह गर्नेहरुलाई महिला, वालसमुह र नागरीक मञ्चले जरिवाना समेत गर्ने गरेका छन् । वालविवाहको मुद्धा प्रहरी वा अदालत सम्म भने पुग्ने गरेको छैन् । गाउँका महिला, आमा समुह, वाल समुहले प्रत्येक जोडीवाट ३० हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरेका छन् ।।


No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.