ताजा अपडेट

...


वाइसीएल संविधान कार्यन्वयनको मेरुदण्ड बनोस - गृहमन्त्री



इन्द्रेणी संवाददाता 
दाङ १२ चैत । नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले भर्खरै नेपालमा लागु भएको नयाँ संविधान कार्यान्वयनमा एनेकपा माओवादीको भातृ संगठन वाइसीएल नेपाल मेरुदण्ड हुनुपर्ने कुरा बताउनु भएको छ। वाइसीएल नेपाल दाङको तेस्रो जिल्ला सम्मेलन उत्घाटन कार्यक्रममा बोल्दै  गृहमन्त्री बस्नेतले लामो समय देखिको नेपाली जनताको चाहना अनुसार  जननिर्वाचित प्रतिनिधि द्वारा बनाइएको संविधान विश्वको उत्कृष्ट भएको कुरा उल्लेख गर्दै अब यसको कार्यान्वयनमा युवाहरु सशक्त रुपमा लाग्नुपर्ने कुरा बताउनु भएको छ । 


मन्तव्यमा गृहमन्त्री बस्नेतले भन्नुभयो " जनताकै चाहना अनुसार निर्वाचित प्रतिनिधिहरुले बहुमतका आधारमा संविधानलाई थप सुधार गर्दै लगिने ढोका खुल्ला भएकाले बिगतका साशक हरुले बनाएको जस्तो क्रूर संविधान होइन यो । यसलाई त समयानुकूल परिमार्जन गर्दै लगिन सकिने छ ।" यसका लागि युवा सक्रिय रुपमा लाग्नु पर्छ । यस्तै वाइसीएलको जिल्ला सम्मेलन उत्घाटनमा बोल्दै गृहमन्त्री बस्नेतले वाइसीएल दाङको जिल्ला सम्मेलनले यहि नयाँ संविधानको जकमा टेकर परिमार्जित समयको माग तथा आवश्यकताको बोध गर्दै अगाडि बढ्न सक्ने कार्यसमिति निर्मानको शुभकामना पनि दिनुभयो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.