ताजा अपडेट

...


तरवारसहित दुई युवा पक्राउ



इन्द्रेणी संवाददाता 
दाङ १२ चैत्र । तुलसीपुरमा तरवारसहित दुई युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले नयाँ बसपार्क निवासी निर्मल घर्तीमगर र विक्रम परियारलाई खुँडा, तरवारसहित पक्राउ गरेको जनाएको छ । तुलसीपुर १० दमारगाउँमा कुनै व्यक्तिमाथि आक्रमण हुन थालेको जानकारी पाउने बित्तीकै तत्काल गएको प्रहरी टोलीले दुवै जनालई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

 प्रहरी पुग्ने बित्तीकै भागेका घर्तीमगर र परियारलाई तुलसीपुर ९ शिवपुरबाट हतियारसहित पक्राउ गरेको प्रनाउ प्रसाईले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई सार्वजनिक मुद्दा लगाईएको छ । प्रहरीले आज म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.