ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
गृहमन्त्री आज दाङ आउँदै
इन्द्रेणी संवाददता
दाङ चैत्र १२
गृहमन्त्री शक्ति बस्नेत आज दाङ आउँदै हुनुहुन्छ । एकीकृत नेकपा माओवादी निकट योङ कम्युनिष्ट लिग (वाई.सी.एल.) को जिल्ला अधिवेशनको उद्घाटन गर्न बस्नेत दाङ आउन लागेको एकीकृत नेकपा माओवादी दाङले जनाएको छ ।
जिल्ला उपाध्यक्ष निर्मल आचार्यले आज दिउँशो १२ वजे गृहमन्त्री बस्नेत दाङ आइपुग्ने जानकारी दिनुभयो । आचार्यका अनुसार मन्त्री बस्नेतले दिउँशो १ वजे वाई.सी.एल.को अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।
त्यस्तै गृहमन्त्री बस्नेतले दिउँशो ३ वजे नागरिक वडापत्रको बिमोचन गर्नुहुनेछ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार जिल्ला प्रशासन कार्यालयमा आयोजना हुने बिमोचन कार्यक्रमपछि मन्त्री बस्नेतले ४ वजे जिल्लाको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्नुहुनेछ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment