ताजा अपडेट

...


प्रधानमन्त्री भेटघाटमा व्यस्त रहने



इन्द्रेणी संवाददाता
काठमाण्डौ, १२ चैत्र

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज भेटघाट र छलफलमा व्यस्त रहनु हुने भएको छ । प्रधानमन्त्री ओलीले सिआनमा आज बौद्धमार्गीहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । लुम्बिनीमा भइरहेको वौद्ध सम्मेलनको जानकारी र नेपालमा घुम्न आउने विषयमा उहाँले आग्रह गर्नु हुनेछ ।

आजै प्रधानमन्त्री ओलीले चिनियाँ परिषद्को कार्यक्रममा सम्बोधन गर्नु हुनेछ । चीन नेपालमैत्री चिकित्सा अनुसन्धान प्रयोगशाला अवलोकन पनि गर्नु हुनेछ । त्यस लगत्तै राष्ट्रिय चिकित्सा प्रतिष्ठान र सिआन मेडिकल विश्व विद्यालयबीच समझदारीपत्र हस्ताक्षर हुँनेछ ।

प्रधानमन्त्री ओली आजै सिआनबाट सिचुवानको छेन्दुमा पुग्नु हुनेछ । हिजो ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनलाई सम्वोधन गर्दै एसियाका देशहरुबीच सहकार्य हुनुपर्ने उहाँले बताउनु भएको थियो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.