राजेश भण्डारी
काठमाडौं – उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायण कोइरालाले दुई ओटा नागरिकता बनाएको खुलेको छ । बिराटनगर स्थायी घर भएका कोइरालाले जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालय सुनसरीबाट फरक–फरक नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट कोइरालाले लिएको नेपाली नागरिकताको प्रमाणपत्रमा नागरिकता नम्बर ‘३१७’ उल्लेख गरिएको पाइएको छ । आफ्नो सवारी चालक अनुमति पत्रमा उनले ना।प्र। नं।३१७ उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट कोइरालाले लिएको नेपाली नागरिकताको प्रमाणपत्रमा नागरिकता नम्बर ‘३१७’ उल्लेख गरिएको पाइएको छ । आफ्नो सवारी चालक अनुमति पत्रमा उनले ना।प्र। नं।३१७ उल्लेख गरेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट उनले लिएको नेपाली नागरिकताको प्रमाणपत्रमा जन्मस्थान ‘इलाम जिल्ला’ उल्लेख गरिएको छ । सुनसरीबाट उनले लिएको नागरिकता प्रमाण पत्र नम्बर ‘८२६’ रहेको पाईएको छ । सुनसरीबाट लिएको नागरिकतामा कोइरालाले आफ्नो जन्ममिती उल्लेख गरेका छैनन,बरु जन्ममिती लेख्ने ठाउँमा ‘१७ वर्ष’ मात्रै उल्लेख गरेका छन् । उनले मोरङबाट लिएको नागरिकतामा ९माथि हेर्नुहोस्० भने जन्ममिति २०१७ साल उल्लेख गरिएको छ ।
दोहोरो नागरिकता लिएको बारे प्रतिक्रिया लिन रातोपाटीले पटक–पटक सम्पर्क गर्दा कोइरालाले आफ्नो ९८५११०२२८४ नम्बरको मोवाईल उठाएनन् । कोइरालाले यसरी डबल नागरिकता लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमा उजुरी परेको छ । फागुन दोस्रो साता शिक्षा मन्त्रालयमा उजुरी दर्ता भएपनि मन्त्रीको स्वकिय सचिवले सो उजुरी गुपचुप पारेको बताइएको छ । ‘डबल नागरिकता छानविनका लागी ‘४५८३’ नम्बरमा उजुरी दर्ता भएको छ’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तर त्यो उजुरी मन्त्रीसम्म पुग्न पाएन बीचमै गायव बनाईयो ।’
त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिवको ‘डबल नागरिकता छानविन गरिपाउँ’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । गएको फागुन दोस्रो साता ‘१७८२३’ नम्बरमा दर्ता भएको सो उजुरी उपर छानविन शुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






No comments:
Post a Comment