ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
दाङमा १२ सय ४ जना क्षयरोगी
रेखा मगर
दाङ, ११ चैत्र
दाङमा १ हजार २ सय ४ जना क्षयरोगी रहेका छन । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार १ हजार ३४ नयाँ थपिएका, १ सय १ पुरानो वल्झिएको र ६९ जना वालवालिका गरी १२ सय ४ जना क्षयरोगी रहेका छन ।
कार्यालयका ल्याव टेक्निीसियन देविलाल डाँगीले २०७१÷७२ मा १ हजार २ सय ४ जना क्षयरोगी रहेकोमा उनीहरुले औषधी सेवन गरिरहेको जानकारी दिनुभयो । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।
श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने चिकित्सकहरुले वताएका छन ।
यसैविच, क्षयरोगीका लागी जिल्लाका स्वास्थ्य संस्थावाट निशुल्क औषधी वितरण हुने गरेको छ । साथै जनस्वास्थ्य कार्यालयले क्षयरोगका लक्षण देखिने वित्तिकै नजिककै स्वास्थ्य चौकीमा गएर चेकजाँच गराउन आग्रह समेत गरेको छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment