ताजा अपडेट

...


भ्रष्टाचार निबारणका लागी एकीकृत भएर लाग्नुपर्ने



इन्द्रेनी संवाददाता
घोराही,३ चैत। दाङका युबाहरुले भ्रष्टाचार निबारणका लागी एकिकृत भएर लाग्नुपर्ने बताएका छन् । युवा अभियान, घोराही नगर युवा सञ्जाल र बासको संयुक्त आयोजनामा दाङको घोराहीमा भएको भ्रष्टाचार नियन्त्रणमा युबाको एकीकृत भुमिका बिषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्मा, महिला तथा बालबालीका कार्यालयका महिला बिकास निरीक्षक मोति बिश्वकर्माले सुशासन कायमका लागी आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा सहभागीहरुले जिल्लाका कतिपय सरकारी कार्यालय सेवा ग्राहीमैत्री नभएको, गुनासो सुन्ने अधिकारी र सेवाग्राही बिचको सम्बन्धनै नभएको , सुचनाको हक कार्यान्वयन हुन नसकेको धारणा राखेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सरद अधिकारी, पर्यटन पत्रकार समुहका अध्यक्ष धनिराम शर्मा, बासका अध्यक्ष प्रशान्त वली, युबा सञ्जालका शर्मीला डागीं, तिलक डागीं लगाएतले बोल्नुभएकोथियो । युबा अभियानका बरिष्ठ कार्यक्रम संयोजक चन्दा चौधरीले बिषयबस्तु माथि प्रकाश पार्नुभएको कार्यक्रमको सहजिकरण घोराही नगर युबा सञ्जालका अध्यक्ष नेत्रसागर चौधरीले गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.