त्यस्तै त्यस अवसरमा बोल्ने बक्ताहरुले सरकारले निर्धारण गरेको निर्देशिका भन्दापनि विद्यालयहरुले विद्यार्थीहरुलाई प्रदान गर्ने शैक्षिक स्तरका अधारमा शुल्क निर्धारण गर्न पाउने पर्ने समेत बक्ताहरुले माग गर्नुभएको थियो । त्यस्तै बक्ताहरुले विभिन्न राजनीतिक संगसगठनहरुको बन्दको मारमा विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु पर्ने गरेको भन्दै विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गरिन पाउनुपर्ने बताएका थिए । त्यस्तै सभाले विद्यालयहरुको लागि नयाँ शैक्षिक सत्रको लागि नयाँ क्यालेण्डर समेत प्रकाशन समेत गर्ने भएको छ । त्यस्तै सभाले सचिव मधुसुदन केसीको सागठनिक प्रतिवेदन र कोषाध्यक्ष अमर सुवेदीको आर्थिक प्रतिवेदन समेत सर्वसहमतिका साथ पास गरेको छ ।
उपाध्यक्ष रेशमबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य जीवनकुमार आचार्य, प्याव्सनका पूर्व केन्द्रीय उपाध्यक्ष शंकरकिरण घिमिरे,पूर्व केन्द्रीय सदस्य बिनयकुमार मिश्र,सल्लाहकारहरु सरदकुमार शर्मा,केशव थापा,लम्वोदर लामिछाने लगाएतकाले बोल्नुभएको थियो ।






