इन्द्रेनी संवाददाता
नारायणपुर, ३ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा हुने महायज्ञ सफल बनाउने विषयमा आज मूल समितिको बैठक बसेको छ । सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ चैत १७ गतेदेखी २४ गतेसम्म आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान एवं ज्ञानमहायज्ञ सफल बनाउने विषयमा भएको छलफलले यस क्षेत्रका सम्पूर्ण संघसंस्था, उद्योगी, व्यवसायी लगायत सम्पूर्णसँग छलफल गर्ने निर्णय गरेको छ ।

आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल बनाउने विषयमा यही चैत ६ गते शनिवार बिहान ११ बजे सर्वेश्वरी महिला सहकारी संस्थाको हलमा वृहत छलफल गर्ने निर्णय गरेको हो । साथै मूल समितिले कार्यक्रममा उपस्थितिकालागी यस क्षेत्रका सम्पूर्ण संघसंस्था, व्यापारी, उद्योगी, वुद्धिजीवी तथा धार्मीक आश्था राख्ने सम्पूर्णमा अनुरोध गरेको छ ।