ताजा अपडेट

...


प्राइमलाइफको बिमा रकम हस्तान्तरण



इन्द्रेनी संवाददाता
घोराही, ३ चैत्त । प्राइमलाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले बुधबार बिजौरीमा एक कार्यक्रमको आयोजना गरि बिमा रकम हस्तान्तरण गरेको छ । बिजौरी ५ निबासी मेघराज खनाल वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने अनिवार्य बीमा गरेर विदेश जानुभएको थियो । खनालको गएको माघ २१ गते कतारमा मृत्यु भएपछि सो बिमा रकम उहाँकी धर्मपत्नि सरस्वति भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

 समाज सेवी एवं क्षेत्री समाज नेपाल दाङका पूर्व अध्यक्ष एवं संस्थापक केन्द्रिय सदस्य बिर क्षेत्रीले बैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तर्गतको ६ लाख पचास हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको प्राइमलाईफ इन्स्युरेन्स कम्पनी लिमिटेडका दाङ शाखा प्रमुख बिमल खड्काले जानकारी दिनुभयो  । कार्यक्रममा प्राइमलाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका दाङ शाखा प्रमुख बिमल खड्का, एजेन्सि म्यानेजर बिष्णु बञ्जाडे र बिबेक सुनारको समेत उपस्थिति रहेको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.