ताजा अपडेट

...


कांग्रेसको महामन्त्रीमा शशांक निर्वाचित



इन्द्रेणी संवाददाता 
दाङ ,२५ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइराला निर्वाचित भएका छन् । भरखरै समाप्त भएको मतगणना अनुसार जम्मा  १३४७ मत प्राप्त गरि संस्थापन खेमाका बिपी पुत्र शशांक कोइराला निर्वाचित भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी अर्जुननरसिंह केसी ९८३ मत प्राप्त गरि दोस्रो र गगन थापा  ५३७  मत प्राप्त गरि तेस्रो स्थानमा रहे । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । सभापतिमा पौडेल शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्रीमा शशांकले देउवा प्यानलका अर्जुननरसिंह केसीलाई हराएका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.