इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन । दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा भएको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा आज एक दिनमा साढे २ करोडको आर्थिक कारोबार भएको छ ।
आज पाँचौ दिन साढे २ करोडभन्दा पनि बढि आर्थिक कारोबार भएको मूल आयोजक समितिले बताएको छ । आज करिब ३० हजार बढि दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा आज पाँचौ दिन सबैभन्दा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा दिनप्रतिदिन दर्शकहरुको संख्या र आर्थिक कारोबार बढेको मूल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा भोली वुधवार चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । भोली लोकदोहोरी गायीका राधिका हमाल, गायक हेमन्त शर्मा, गायीका सुधा रत्न, गायक कृष्ण रेउले, गायक प्रजापति पराजुली, हास्यकलाकारहरु किरण केसी (राता मकै), शिवहरी पौडेल (मुखमा हानुजस्तो) को प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो ।