इन्द्रेणी संवाददाता
काठमाण्डौ, २६ फागुन
नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना आज हुदैछ । निर्वाचन समितिका अनुसार आज विहान १० बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यको खुलातर्फको मत गणना हुनेछ । खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् ।
केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरु नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका थिए । यसअघि सभापतिसहित महामन्त्री र कोषाध्यक्षको मतगणना गरिएको थियो ।
सभापतिमा शेरबहादुर देउवा महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांका कोइराला र कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादव विजयी हुनुभएको थियो ।।





