ताजा अपडेट

...


आज ग्याल्पो ल्होसार मनाइदै



इन्द्रेणी संवाददाता
काठमाण्डौ, २६ फागुन
शेर्पा समुदायले आज नयाँ बर्षका रुपमा ग्याल्पो ल्होसार मनाउदै छन् । शेर्पा समुदायले यस पर्वलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यसैबीच, ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै यस पर्वले आपसी सद्भाव नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत र्पुयाउने विश्वास व्यक्त गर्दै परम्पराको संरक्षण तथा प्रर्वद्धन गर्न सवैमा हौसला प्रदान गरोस भन्ने कामना गर्नुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.