ताजा अपडेट

...


दाङ महोत्सवमा रुवाए बद्रिले



इन्द्रेणी संवाददाता
दाङ महोत्सवमा  आज जन गाएक बद्रि पंगेनीले आम दर्शकहरु लाइ धुरुधुरु रुवाएका छन्  । महोत्सवको पाचौ दिन आज जन गायकको रुपमा स्थापित बद्रि पंगेनीले जब गित गाउन सुरु गरे दर्शकदिर्घामा रहेका बृद्ध महिलाहरुको आँखा  रसाउन थाल्यो ।
उनले “ आमा बिदा पाउदिन,
            ऐलेको सालपनि घर आउदिन  आमा ”
 भन्दै गित गाएपछि अधिकाशं आमा तथा दिदीबहिनीहरु धुरुधुरु रोएका थिए । दर्शक दिर्घामै पुगेका गायक पंगेनीले बृद्ध आमाहरुसँग बसेर केहीबेर गित गाउदै रोइरहेका आमाहरुको आखाको आसु समेत पुछेका थिए ।

निकै भाबुक मुद्रामा प्रस्तुत भएका जन गाएक पंगेनीले "लाउचेली रातो लाउ निको पार हृदयको घाउ ", "रातो पछेउरी अनि तातो पछेउरी ", "ससुरालीमा " जस्ता निकै लोकप्रिय गितहरु गाएर आमा तथा दिदीबहिनी हरुलाई रुवाए भने युवा हरुलाई छमछमी नचाए  ।

त्यस्तै आजको महोत्सवमा राष्ट्रिय कलाकारहरु  विश्वको कान्छो निर्दशक सौगात विष्ट, बाल सुपरस्टार अनुभब रेग्मी , नायिका झरना थापा,अजित विष्ट, अनुषा पौडेलले तथा अन्य थुप्रै स्थानिय कलाका हरुले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.