ताजा अपडेट

...


जलवायु परिवर्तन र प्रभाववारे प्रशिक्षण



इन्द्रेणी संवाददाता
घोराही, ७ चैत्र

दाङका विज्ञान विषयका शिक्षकहरुलाई बढ्दो जलवायु परिवर्तन र यसको प्रभावका विषयमा प्रशिक्षण दिइएको छ । विज्ञान शिक्षक समाज दाङको आयोजना तथा बहुसरोकारवाला वन कार्यक्रम र रुपान्तरण नेपालको आर्थिक सहयोग हिजो मावि तहका विज्ञान शिक्षकहरुलाई जलवायु परिबर्तनलाई अनुकुलन गर्ने बिषयमा प्रशिक्षण दिइएको हो ।
मानवीय गतिविधिका कारणले निम्त्याउने जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि विज्ञान शिक्षकहरुलाई प्रशिक्षण दिइएको हो । बढ्दो औद्योगिक विकासका कारण उत्सर्जन हुने हरितगृह ग्याँसले पृथ्वी तात्तिने क्रम बढेको भन्दै शिक्षकहरुलाई त्यस्ता असर न्यूनीकरण र जलवायु परिवर्तनमा अनुकूलित हुने उपायका बारेमा जानकारी दिइएको हो ।

सो अवसरमा बोल्दै सरोकारवालाहरुले जलवायु परिवर्तनको प्रभाव देखिन थालेको भन्दै भावी पुस्ता अति जोखिममा रहेको बताएका छन् ।

विज्ञान शिक्षक समाज दाङकी अध्यक्ष वसन्ता पौडेलको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्यता भएको उद्घाटन समारोहमा बोल्दै शिक्षा अधिकारी मैनालीले विज्ञानले समाजलाई परिवर्तन गर्ने भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि शिक्षकहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकहरुलाई रुपान्तपान्तरण नेपालका केपि यादबले प्रशिक्षण दिनुभएको छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.