ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
जग्गा रोक्का हुँदा किसानहरु मर्कामा
इन्द्रेणी संवाददाता
दाङ, ७ चैत्र
देउखुरीको लमही–कोईलावास सडक वनाउने बाहानामा दश वर्ष देखि जग्गा रोक्का हुँदा किसानहरु मर्कामा परेका छन । लमही–कोईलावास सडकले दुवै तर्फ छोएको जग्गा रोक्का भएको दश वर्ष भैसक्दापनि अहिले सम्म फुकुवा भएको छैन ।
हुलाकी सडक आयोजना, योजना कार्यालय नेपालगञ्जले सडक क्षेत्रमा पर्ने जग्गाको लगत कट्टा गरी ब्यक्तिको नाममा देखिने सबै जग्गा फुकुवा गर्ने काम मालपोत र नापी कार्यालयको भएको बताउँछ । तर मालपोत र नापी कार्यालयले रोक्का जग्गा फुकुवा सहित कित्ता काटका लागि कुनै प्रकृया अहीले सम्म वढाएका छैनन । जस्ले गर्दा स्थानीय जग्गा धनि मर्कामा परेका छन् ।
कालोपत्रे हुने आशामा वसेका सर्वसाधारण नागरिक सडक संग जोडिएको जग्गा मालपोत कार्यालयले रोक्कामा राख्दा कुनैपनि काम गर्न नपाएको गढवाका जगदिश कौशलले वताउनुभयो । जग्गा रोक्का हुँदा अंश वण्डा सवै रोकीएको उहाँको भनाई छ । सडक संग जोडिएका लमही नगरपालिका, गंगापरस्पुर, गढवा र कोईलावास गाविसका एक हजार उपभोक्ताको जग्गा रोक्का छ ।
स्थानीय प्रसासन र सरोकारवाला निकायले लमही–कोईलावास सडक कालोपत्रे र यस संग जोडीएका समस्यालाई ध्यान नदिदा सुनुवाई हुन नसकेको सडक निर्माण समन्वय समितिका संयोजक भेषराज पाण्डेले वताउनुभयो ।।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment