ताजा अपडेट

...


दाङका प्राविधीकहरु एक ठाउँमा



इन्द्रेणी संवाददाता
दाङ, ७ चैत्र

जिल्लामा रहेका विभिन्न रेडियो प्राविधीकहरुको भेलाले शिबराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । लमहि स्थित जखेरातालमा हिजो सम्पन्न भेलाले रेडियो देउखुरीमा कार्यरत खनालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।
जसको उपाध्यक्षमा रेडियो प्रकृती तुलसीपुरका माधब कंडेल, सचिबमा रेडियो मध्यपश्चिमका राजकुमार चौधरी, सहसचिवमा रेडियो पाठशालाका मिसन सुनार, कोषाध्यक्षमा रेडियो हाम्रो पहुँच तुलसीपुरमा कार्यरत दिपा धिताल रहनुभएको छ ।

यस्तै सदस्यहरुमा देबि भण्डारी, शंकर भुषाल, रमेश केसी, शिबबहादुर चौधरी, बेगम महरा, हिमाल बिश्वकर्मा, बसन्त घर्ति रहनुभएको छ । यस्तै, सल्लाहकारहरुमा बिष्णु अधिकारी, सन्तोष अधिकारी र जितबहादुर चौधरी रहनुभएको छ ।

भेलाले प्राबिधीकहरु एकजुट भई समय सापेक्ष अनुसार अघि बढ्ने निर्णय गरेको सचिब राजकुमार चौधरीले जानकारी  दिनुभएको छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.