ताजा अपडेट

...


सहर भित्रको कर्णालीमा पहिलो पटक यात्रु बस पुग्यो



इन्द्रेणी संवाददाता 
दाङ, ७ चैत । घोराहीदेखी धैरेनीसम्मको सडक मर्मतसँगै नियमीत रुपमा यात्रुवाहक गाडीहरु सञ्चालनमा आउने भएको छ । घोराहीदेखी लेटार जनकपुर–अर्घु–ठटौली–ठाँटीगाँउ हुदै धैरेनीसम्मको सडक निर्माण एवं मर्मत भएसँगै मर्मत भएसँगै नियमीत गाडीहरु सञ्चालन हुने भएको हो । अर्घु र धैरेनीका स्थानीयबासीहरुको जनश्रमदानबाट बाटो निर्माण एवं मर्मत भएपछि सो सडकमा आजदेखी नियमीत यातायातका साधन चल्न सुरु गरेको हो । सो सडकमा आज पहिलोपटक रा १ ज ३९९ नम्बरको कीया बस यात्रुवाहक सवारी साधनको रुपमा पुगेको छ । 


पहिलोपटक त्यस स्थानमा सो कीया पुगेपछि स्थानीयबासीहरुले सवारी चालक नन्दराम लहरे (श्याम) लाई टिका मालाले स्वागत गर्दै गाडीलाई पनि पूजा गरेका थिए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष देवबहादुर केसीको अध्यक्षता एवं पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको प्रमुख आतिथ्यमा सडकमा यात्रुवाहक सवारी साधनको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । प्रमुख अतिथि गौतमले रिवन काटेर र पूजा गरेर सडकको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सडकमा यात्रुवाहक सवारी साधनहरु नियमीत रुपमा सञ्चालन हुनुपर्ने भन्दै ग्रामीण क्षेत्रको विकासकालागी लाग्न स्थानीय निकाय र ग्रामीण क्षेत्रमा पनि सवारी साधन सञ्चालन गर्न यातायात समितिहरुलाई अनुरोध गर्नुभयो ।


 जिल्लाको सदरमुकामदेखी नजिकै रहेको गाँउमा यात्रुवाहक गाडीहरु सञ्चालनमा नआउदा आफूहरुलाई करिब २ घण्टाको पैदल यात्राबाट बजार आउनुपर्ने बाध्यता भएको बताउदै स्थानीयबासीहरुले नियमीत सवारी साधन सञ्चालन भएकाले आफूहरुलाई सहज हुने बताएका थिए । त्यस अवसरमा सडक निर्माण उपभोक्ता समितिका लालमणी खनाल, धनबहादुर बोहरा लगायतले सडक निर्माण एवं मर्मत कार्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण वुद्धिप्रकाश आचार्यले गर्नुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.