इन्द्रेणी संवाददाता
रुकुमको मुसिकोट नगरपालिका ७ भिरजराको एक घरमा आगलागी हुदा ६ लाख बढीको क्षति भएको छ । स्थानिय शेर वहादुर खत्रीको घरमा दिउँशो २ वजेतिर भएको आगलागीबाट लत्ता कपडा, भाडा वर्तन, अन्न पात र नगद १ लाख ५० हजार गरी ६ लाख १९ हजार ५ सय बराबरको क्षति भएको हो ।
आगलागीको कारण खुल्न नसकेको पिडित परिवारले जनाएको छ । दिउशोको समयमा आगलागी भएका कारण आगो नियन्त्रण गर्न नसक्दा घर पुर्ण रुपमा जलेर नष्ट भएको पिडित खत्रीको परिवारले जनाएको छ । अहिले पिडित शेर वहादुरको परिवार भाई लाल वहादुर केसीको घरमा आश्रय लिएर वसिरहेको स्थानिय नारायण केसीले जानकारी दिनुभयो






No comments:
Post a Comment