इन्द्रेणी संवाददाता
दाङ, ३ चैत्र
दाङ देउखुरी जिल्ला अदालतले बालिका बलात्कार गर्ने तुलसीपुरका एक युवकलाई १० वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले तुलसीपुर ८ दुधेना निवासी २१ वर्षका सुरेश चौधरीलाई बलात्कारमा ५ वर्ष र नाबालिका भएकोमा ५ वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले गएको पुस १८ गते ८ बर्षिया बालीकालई बलात्कार गरेको आरोपमा अभियुक्तलाइ पक्राउ गरी मुद्दा चलाएको थियो । अभियुक्त चौंधरीलाई जिल्ला कारागार घोराहीमा चलान गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उता कर्तज्य ज्यानको आरोपमा पक्राउ परेका रुकुम गरायलाका एक जनालाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ३२ महिना अघि घेत्मा १ निबासी आफनै साथी राम पुनको हत्या गरि फरार रहेका गराएला २ बस्ने गोपाल पुनलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको थियो ।
पुनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी निुभयो । प्रहरीका अनुसार २०७० असार ३ गते गोपालले साथीसंग भएको यार्सा लग्ने लोभमा हत्या गरि भिरबाट लडाईदिएका थिए ।।