इन्द्रेणी संवाददाता
घोराही,३ चैत्र
उपभोक्ताहरुको अधिकारका लागी प्रशासनले अनुगमन नियमित र प्रभावकारी बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बिश्व उपभोक्ता दिवसको अबसरमा हिजो घोराहीमा आयोजीत कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना र मानवअधिकार सञ्जाल दाङको सहकार्यमा आयोजीत कार्यक्रमा बोल्ने बक्ताहरुले अहिले खुलेआम कालोबजारी हुनेगरेको, उपभोग्य सामाग्रीहरुको गुणस्तर र मुल्यमा ठगीहुने गरेको, औषधीको गुणस्तर तथा मुल्यबारे उपभोक्त पुर्णरुपमा अनविज्ञ रहेको, सुनको मुल्यमा अन्तराष्ट्रिय मापदण्ड बिपरित १५ प्रतिशत जर्ति काट्ने गरिएको, उत्पादित सामाग्रीमा उत्पादकले उल्लेपर्ने जानकारी नलेख्ने गरेको, म्याद गएका समाग्री पनि बिक्रि हुने गरेको बताएका छन् ।
व्यापारीहरुले नाफालाई मात्र ध्यान दिएका कारण यस्तो समस्या आएको भन्दै कार्यक्रमका सहभागीहरुले सरकारी अनुगमन प्रभावकारी र नियमित बनाउनु पर्ने बताएका छन् । जिल्लाका मुख्य बजारमा मात्र नगरी अरु साना बजारहरुमा पनि अनुगमन गर्नुपर्ने भन्दै उनीहरुले उपभोक्ता अधिकार हनन्का घटनाबारे जानकारी दिए कारबाही हुने बिश्वास दिलाउन सक्नुपर्ने बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष केशव कुमार शर्माको अध्यक्षतामा बोल्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक भरतकुमार बुढाथोकीले उपभोक्ता हितका लागी बजार अनुगमन तथा दोषिलाई कारबाहि गर्नका लागी अधिकार सम्पन्न छुट्टै सकारी निकाय भए उपयुक्त हनुपर्ने बताउनुभयो ।।