ताजा अपडेट

...


नामावली संकलन अभियानले छोएन नाकावासीलाई



इन्द्रेणी संवाददाता
घोराही,३ चैत्र

दाङ देउखुरी स्थित नाका क्षेत्रमा वसोवास गर्ने अधिकांस नागरिकको नाम फोटो सहितको मतदाता नामावलीमा छुटेको छ । पहीलो र दोस्रो संविधान सभा निर्वाचनका क्रममा पनि नाका क्षेत्रका धेरैजसो मानिस निर्वाचनमा भाग लिनवाट बञ्चित भएका थिए । देउखुरी स्थित नेपाल–भारत सिमा क्षेत्र अन्र्तगत नेपाली वस्ती नाका क्षेत्रमा राज्यको पहुँच अझै पुग्न सकेको छैन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउन पनि भारतीय भुमि प्रयोग गरी गाविस कार्यालयमा पुग्नुपर्ने वाध्यता छ । निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय दाङले लमहीमा आयोजना गरेको बिशेष अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले २२ वटा नाकालाई केन्द्रित गरेर फोटो सहीतको मतदाता नामावली संकलन र अद्यावधीक गर्ने काम नाका क्षेत्रमै लैजानुपर्ने धारणा राखेका हुन् ।

नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाका अनुसार नाका क्षेत्रमा वसोवास गर्ने नेपाली नागरिक अझै नागरिकता विहिन भएको वताउनु भयो । केही दिन पहीले नाका क्षेत्रको अवलोकन गरी फर्कीनुभएका थापाले नागरिकता भएकाहरुको पनि मतदाता नामावलीमा नाम दर्ता नभएको र त्यसका लागी नाका क्षेत्रमा मतदाता नामावली संकलनको विशेष कार्यक्रम लैजानुपर्ने आवश्यक्ता रहेको उहाको भनाई छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.