ताजा अपडेट

...


दाङ महोत्सव भव्यताकासाथ सम्पन्न



 सोह्र करोड बढि आर्थिक कारोबार, साढे तीन लाख दर्शकद्धारा अवलोकन 

इन्द्रेनी संवाददाता 

दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणीज्य संघले आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” सम्पन्न भएको छ । “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ फागुन २१ गतेदेखी सुरु भएको महोत्सवको आज मंगलवार समापन गरिएको हो । राष्टिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गर्नुृभएको महोत्सवको सामान्य प्रशासन मन्त्री रेखा शर्माले समापन गर्नुभएको हो । महोत्सवको समापन गर्दै सामान्य प्रशासन मन्त्री शर्माले जिल्लाको विकासकालागी आफू लागीपर्ने बताउनुभयो । साथै दाङलाई प्रादेशीक राजधानी बनाउने विषयमा गम्भीर भएर पूर्वाधार निर्माणमा लाग्न जिल्लाबासीहरुलाई अनुरोध गर्नुभयो । यसकालागी औद्योगीक क्षेत्रको निर्माणमा लाग्न उद्योग वाणीज्य संघलाई अनुरोध गर्नुभयो । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा १६ करोडभन्दा बढिको आर्थिक कारोबार भएको र साढे ३ लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको मूल समितिका ंसयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो ।

महोत्सव आयोजक मूल समितिका संयोजक हेमराज बञ्जाडेको अध्यक्षता एवं सामान्य प्रशासन मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको महोत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, एमालेका जिल्ला सचिव हुकुम बस्नेत, एकीकृतत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्य, नेकपा क्रान्तिकारी माओवादीका सुवास पुन, राप्रपाका त्रिभुवन थापा, जनमुक्ती पार्टिका ठाकुर रोका, थारु नेता शरण थारु, तुल्सीपुर उद्योग वाणीज्य संघका महासचिव नेत्र वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, नागरिक समाजका सदस्य सुशील गौतम, घोराही नगर विकास समितिका अध्यक्ष किरणकुमार रेग्मी, एनटिभीका अध्यक्ष महेश दाहाल, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । महोत्सव आयोजक मूल समितिका सहसंयोजक नारायण भुषाले स्वागत गर्नुभएको कार्यक्रम सहभागीहरुलाई अर्का सहसंयोजक खड्गबहादुर बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण उद्याग वाणीज्य संघका महासचिव दिपक सुवेदी र सचिव सुशीलप्रकाश आचार्यले गर्नुभएको थियो ।  

महोत्सव समापनका अवसरमा महोत्सव सफल पार्नकलाागी सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवं व्यक्तिहरुलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो भने विभिन्न प्रतियोगीताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । त्यस अवसरमा महोत्सवको उद्घाटनको अवसर भएको शोभायात्राका सहभागी ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय, बराहक्षेत्र संरक्षण धार्मीक समिति र पतञ्जली योग समितिलाई विशिष्ठ सम्मानका साथ पुरस्कार प्रदान गरिएको थियो । यस्तै शोभायात्रा सहभागी भएर र्धाीक र सांस्कृतिक झाँकीका प्रथम चिनारी महिला साझेदारी संस्था, द्धतिय जिवनज्योति कृषक समूह, तृतीय हुने मन्ठोरिया भवानी मन्दिरको बड्का नाच, र सान्त्वना हुने झरना महिला कृषक समूह र नमुना तरकारी उत्पादन समूहलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै शैक्षकि संस्थातर्फ प्रथम गोरखा उमावि, द्धतिय हुने हिन्दु विद्यापीठ घोराही, तृतीय हुने सिद्धार्थ उमावि र सान्त्वना हुने लालीगुरास मावि र ज्ञानज्योति एजुकेशन एकेडेमीलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने टोल विकास तफै प्रथम, द्धतिय, तृतीय र सान्त्वना हुने क्रमशः शान्तिनगर टोल िविकास संस्था, भगवति टोल विकास संस्था, झिगौरा टोल विकास संस्था र जिवनज्योति टोल विकास ंसंस्था र शिववस्ती टोल विकास संस्थालाई पनि पुरस्कार प्रदान गरिएको थियो । लोकदोहोरी गीत प्रतिगीतामा प्रथम, द्धतिय, तीतृय र सान्त्वना हुने क्रमशः रोल्पा, दाङ, प्यूठान र बर्दिया लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै महोत्सवमो साहित्य तथा पर्यटन उपुसमितिले आयोजना गरेको बाल कविता प्रतियोगीता, जिल्ला स्तरिय निवन्ध प्रतियोगीता र मध्यपश्चिम स्तरिय कविता प्रतियोगीताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको छ । जसमा बाल कविता प्रतियोगीतामा दिपशीखा उमाविका ऋषभ देवकोटा प्रथम, तुल्सी आमाविका सुवल घर्ति द्धतिय र सगरमाथा विद्यालयका सकुन्तला विक तृतीयलाई पुरस्कार प्रदान गरिउको  छ ।  यस्तै जिल्ला स्तरिय निवन्ध प्रतियोगीतामा पद्मोदय उमाविका अनु शर्मा प्रथम, तुल्सी आमाविका कृष्टिना डाँगी द्धतिय, दिपशीखा उमाविका नितेस खनाल तृतीय र पपउमाविका टिना निरौला सान्त्वना हुनुभएको छ ।

 त्यसैगरी मध्यपश्चिमस्तरियष् कविता प्रतियोगीतामा नारायणप्रसाद निरौला प्रथम, बासुदेव आचार्य द्धतिय र दिपा धिताल तृतीयलाई पनि पुरस्कार प्रदान गरिएको थियो । महोत्सवमा आज अन्तिम दिन कलाकारहरु चन्द्र शर्मा, राजु परियार, रेश्मा पुन, उमा गिरी, कमल गाउले, पिताम्वर रिजाल, देवकला बस्नेत लगायतले सांस्कृतिक प्रस्तुति राखेको सांस्कृतिक उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.