ताजा अपडेट

...


पर्यटन विकासको लागि दाङ पर्यटन सम्मेलन आवस्यक



इन्द्रेणी संवाददाता
दाङ २९, फाल्गुन। दीर्घकालीन योजनाविना पर्यटन विकास नहुने सरोकारवालाहरुले  बताएका छन् । पर्यटन उपसमितिको आयोजनामा महोत्सव सचिवालयमा  भएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका  हुन् । महोत्सवको अवसरमा भएको कार्यक्रममा  पर्यटन विकासमा हामी कहाँ छौ ? भन्ने मुल शिर्षकमा छलफल भएको छ । छलफलमा  सरोकारवालाको  उनीहरुले दीगो पर्यटन विकासको गुरुयोजना बन्न नसक्ता पर्यटन विकासमा अपेक्षाकृत परिणाम नआएको टिप्पणी गरेका छन् । दाङ पर्यटनको हब बनाउन सकिने भएकोले दीर्घकालीन योजनाका लागि दाङ पर्यटन विकास सम्मेलनको आयोजना .हुनुपर्ने उनीहरुले सुझाएका छन् ।

करिब डेढ दशकमा पर्यटनको पूर्वाधार र पर्यटकीय गन्तव्यहरुको पहिचान भएकोले यस्लाई व्यवसायीकरण गर्न ठोस नीति अपरिहार्य भएको उनीहरुको धारणा छ ।  दाङ पर्यटनको प्रवेशद्धार भएकोले यस्लाई लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यहरुसंग कनेक्टीभिटी गर्न सके पर्यटन आगमन गर्न सकिने उनीहरुको विचार छ ।
पर्यटन उपसमितिका संयोजक सुशिल प्रकास आचार्यको अध्यक्षता तथा उपसंयोजक घनश्याम अधिकारीको संचालनमा भएको कार्यक्रममा नेपाल पर्यटन पत्रकार समूह (एन्टोज) अध्यक्ष तथा पर्यटन उपसमितिका सदस्य सचिव  धनिराम शमा(ऋतुविचार) ले दाङको पर्यटन विकासमा कहाँ छौ ? भन्ने अवधारणा प्रस्तुत गर्नुभएको थियो । अवधारणामाथि डा गोविन्द आचार्य, डा शिवकुमार  सुवेदी, पूर्व अध्यक्षहरु माधव शर्मा, चन्द्रराज पन्त,  मधुसुदन वैद्य, अध्यक्ष हेमराज बन्जाडे , प्राध्यापक किशोर गौतम होटेल व्यवसायी समित अध्यक्ष रुद्र डाँगी पूर्व अध्यक्ष जितबहादुर डाँगी र एमाले पूर्व अध्यक्ष नरुलाल चौधरी लगायतले विचार राख्नु भएको थियो ।

 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.