![]() |
आफ्नो प्रस्तुती देखाउदै गायिका सिर्जु अधिकारी |
इन्द्रेणी संवाददाता
दाङ, २९ फागुन दाङ जिल्ला उद्योग वाणीज्य संघले आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा आज नवौ दिन सबैभन्दा बढि दर्शकहरुले अवलोकन गरेका छन् । आज नवौ दिन सबैभन्दा धेरै दर्शकहरुले अवलोकन गरेको आयोजक उद्योग वाणीज्य संघले बताएको छ । आज महोत्सव स्थलमा दर्शहरुको भिड भएपछि केही समय गेटमा प्रवेश रोकीएको थियो । भित्र भने दुई वटा बाट खुल्ला गरिएको थियो ।
आज महोत्सवमा ५० हजार बढि दर्शकहरुले अवलोकन गरेको मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो । यस्तै आज नवौ दिन साढे २ करोडभन्दा बढिको आर्थिक कारोबार भएको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक मञ्जु बज्राचार्यले जानकारी दिनुभयो । आज दर्शकहरुको अत्यधिक भिड भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।
![]() |
स्टेजमा स्टेज कुइन भूमिका गिरी |
महोत्सवको नवौ दिनको सांस्कृतिक कार्यक्रममा गायक खुमन अधिकारी, गायीकाहरु शिर्जु अधिकारी, भुमीका गिरी, ऋतु कडेल, गायक प्रकाश रेग्मी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । यस्तै कार्यक्रमको सहजिकरण गायीका कोमल वली र आदिम केसीले गर्नुभएको थियो ।






