ताजा अपडेट

...


वसपार्क व्यपस्थित गरिने



इन्द्रेणी संवाददाता
घोराही, २९ फागुन 
घोराहीको नयाँ वसपार्कलाई तिन बर्ष भित्रै आधुनिक वसपार्कको रुपमा विकास गर्न सवा दुई करोडको कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बसपार्क निर्माण गर्न सवा दुई करोड विनियोजन भएको नगर विकास समिति घोराहीका सदस्य सचिव एवं शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

सेवार खोला नयाँ वसपार्क टोल विकास संस्था घोराही १० ले सरोकारवालाहरु संग गरेको अन्तरक्रियामा लामो तथा छोटो दुरीका सबै वसहरुलाई बसपार्क लैजाने निर्णय भएको छ । वसहरु मिलन चोक हुदै भित्र पस्ने र पुरानो वसपार्क हुदै बाहिरीने गरी एकतर्फी बनाउने पनि निर्णय गरीएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.