इन्द्रेणी संवाददाता
घोराही, २९ फागुन
दाङको स्यूजा गाबिस वडा नम्बर ३ को विजयखर्कबाट भैरहेको कोइला उत्खनन्ले पानीका मुहानहरु सुक्दै गएका छन् । त्यस क्षेत्रबाट विभिन्न वडाका गाउँमा पु¥याइएको खानेपानीका योजनाहरु अहिले बन्द हुने अबस्थामा पुगेको स्थानियहरुले बताएका छन् ।
राधाकृष्ण कोल उद्योगले त्यसक्षेत्रवाट अत्यधिक कोइला उत्खनन गर्दा अहिले ६ वटा खानेपानी योजना बन्द हुने अबस्थामा पुग्दा ४ सय घर परिवार समस्यामा परेको स्थानिय बलदेब मल्लले बताउनुभयो । केही वर्ष पहिले बलाजुरे मर्पेस खानेपानी योजना बन्द हुनुका साथै अन्य थप पाँच वटा खानेपानीका योजनामा समेत असर पुगेकोले कोइला उत्खननको काम बन्द गर्न स्थानियले माग गरेका छन ।
उक्त क्षेत्रमा उद्योगले जथभावी स्काभेटर प्रयोग गरेर कोइला निकाल्दा खानेपानीका मुहान सुक्नका साथै वन क्षेत्रमा समेत असर पुगेको मर्पेस खानेपानी उपभोक्ता समुहका पूर्व अध्यक्ष कृष्णबहादुर मल्लले जानकारी दिनुभएको छ ।
बलाजुरे मर्पेस खानेपानी योजना बन्द हुनका साथै वडा १ को धरमपानी खानेपानी योजना, २ र ३ को मर्पेस खानेपानी योजना, झाँक्रि खोला खानेपानी योजनाका साथै घोडदौरा खानेपानी योजनाको पानीको श्रोत घट्दै गएको उहाँले बताउनुभयो । उद्योग कारण स्यूजा १, २, ३ र घोराही नगरपालिका ५ घोडदौराका चार सय ५० घरधुरी खानेपानीको समस्यामा पर्दै गएको स्थानियहरुले बताएका छन् ।
कोइलाको उत्खनन सँगै ढुवानीका लागि स्काभेटर र व्रेकरको प्रयोगबाट सडक बनाउदा पानीका मुहानहरु पतालिदै गएको स्थानियहरुको भनाई छ । खानेपानीको मुहान सुक्नका साथै खेती योग्य जमिन समेत धरापमा परेकाले तत्काल उत्खननको कार्य रोक्न उनिहरुले माग गरेका छन् ।।