इन्द्रेणी संवाददाता
दाङ, २९ फागुन
महिलामाथिको अमानवीय व्यवहारप्रति जिल्लामा क्रियाशिल मानवअधिकारवादी संस्था तथा सम्वद्ध निकायहरुले गम्भिर ध्यानाकर्षण भएको जनाउदै दोषिलाई कारवाहीको माग गरेका छन । केहिदिन पहिले रोग निको पार्ने नाममा भएको तातोपानी खन्याउने काम र एसिड प्रहारको घटनाको विरोध गर्दै जिल्लामा क्रियाशिल विभिन्न संघसंसंस्था, नागरीक समाज र सम्वद्ध निकायहरुले घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीले २ वटै घटनाका दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । अनेमसंघ क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष जानकी चौधरीले प्यारालाईसिस भएकी दाङ हाँसीपुर १ की थुमसरा बिक र दाङ घोराहीमा पसल गर्दै आउनुभएकी रीता चौधरीमाथि भएको एसिड प्रहारको घटनाप्रति भ्रत्सना गर्नुभएको छ । विभिन्न वाहानामा भईरहेका अमानवीय व्यवहारले महिला हिंसा अन्त्य नभई वढ्दै गएको भन्दै यसप्रति प्रशासनको ध्यान जानुपर्ने र तदारुकताका साथ पहलकदमी लिदै दोषिमाथि कारवाहीको माग गरिएको छ ।
यसैविच, एसिड प्रहारवारे सत्यतथ्य वुझ्नका लागी अनेमसंघको टोली गुलरिया स्थित चौधरीको घरमा जाने भएको चौधरीले वताउनुभयो । प्यारालाईसिस भएकी विकलाई धामीले तातोपानी खन्याउदा गम्भिर घाइते हुनुभएको छ भने घोराहीको गुलरियामा पसल सन्चालन गर्दै आएकी रीता चौधरीमाथि एसिड प्रहार हुँदा कानको अप्रेसन गर्नुपर्ने भएको छ । घटनाको विरोधमा हिजो दाङमा क्रियाशिल विभिन्न मानवअधिकारवादी संघसंस्था, नागरीक समाज र विद्यार्थीहरुले विरोध गरेका छन ।।