ताजा अपडेट

...


वसपार्क व्यपस्थित गर्न सवा दुई करोड रुपैया



गोविन्द खड्का
घोराही, २८ फागुन । वसपार्कलाई तिन बर्ष भित्रै ढलान गरीएको, सोलार बत्तिहालेर उज्यालो बनाउन सवा दुई करोडको कार्यक्रम लागु गर्न लागिएको नगरविकास समिति घोराहीका सदस्य सचिव एवं शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । सेवार खोला नया“ वसपार्क टोल विकास संस्था घोराही १० ले शुक्रवार सरोकार वालाहरु संग गरेको अन्तरकृयामा लामो तथा छोटो दुरीका सबै वसहरुलाई बसपार्क लग्ने निर्णय भएको छ ।  

टोलविकास संस्थाका सचिव विष्णु बहादुर दसौदिले दिएको जानकारी अनुसार वसहरु मिलन चोक हुदै भित्र पस्ने र पुरानो वसपार्कहुदै बाहिरीने गरी एकतर्फी बनाउने पनि निर्णय गरीएको छ । सिमेन्ट उद्योगका टिप्परहरु पुर्ण निषेध गर्ने, तुलसीपुर चोक सम्म पुग्दाको गतिलाई सुस्त गराउने लगाएतका निर्णय गरेको छ ।

अन्तरकृयामा नगरविकास समितिका अध्यक्ष्ँ किरण कुमार रेग्मी, घोराही नगरपालिकाका ईञ्जिनियर रामधन श्रेष्ठले, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक वावुराम जिसीले वताउनुभयो, टाउन प्लान टोलविकास संस्थाका अध्यक्ष दिलिप कुमार डिसी, राप्ती अञ्चल यातायात व्यवसायी समिति घोराही काउन्टरका प्रशासनीक ईञ्चार्ज राजु दसौदी,  कालिका मालिका प्रालिका हिमाल डाँगी  (खिम), दाङ यातायात प्रालिका समिर वली, मजदुरका शिबराज । अन्तरकृयाका विषय वस्तुको जानकारी एवं कार्यक्रमको सहजीकरण टोल विकास संस्थाका अध्यक्ष शक्तिराम डाँगीले गर्नुभएको थियो । सहभागिलाई धन्यावाद टोल विकास संस्थाका सल्लाहकार लक्षीन बुढाले दिनुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.