इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन
दाङमा हिजो एसिड प्रहारवाट घाईते भएकी रीता चौधरीको कोहलपुरमा उपचार भईरहेको छ । घोराही नगरपालिका –२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी रीता चौधरीमाथि हिजो बेलुकी एसिड प्रहार भएको थियो ।
एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार पछि अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो । एसिड प्रहारको घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
किरानामा पसलमा रहेकी चौधरीलाई मोटरसाईकलमा आएका २ जना व्यक्तिले सिरिन्जको माध्यमले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाईते चौधरीले छिमेकीसंग जग्गा लेनदेनको विवाद रहेको वताएको प्रहरीले जनाएको छ । शंकास्पद व्यक्तिहरुसंग सोधपुछ तथा अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।