ताजा अपडेट

...


महोत्सवमा आजपनि मनोरन्जन



इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन
दैनिक दर्शकहरुको सहभागिता र रौनक वढ्दै गएको दाङको घोराहीमा जारी दाङ व्यापारिक महोत्सवमा आजपनि राष्ट्रि स्तरका कलाकारहरुको प्रस्तती रहने भएको छ । फागुन २१ गते देखि घोराहीको नवलपुरमा जारी महोत्सवमा हिजोदेखी रेस्लिङ पनि सुरु भएको छ । मध्यपश्चिममै पहिलो पटक दाङमा भएको रेस्लिङ भोलीसम्म चल्नेछ ।
महोत्सवमा आज पनि राष्ट्रिय स्तरका कलाकारले मनोरन्जन दिने आयोजकले जनाएको छ । आज कलाकारहरु कोमल वली, शिव परियार, हास्य टेलिश्रखला भद्रगोलका कलाकारहरु जीग्री र पाडे, नम्रता योगी र प्रकाश सपुतको प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो ।

महोत्सवमा स्वास्थ्य उपचारदेखी मौत्का कुवाँ, वाल उद्यान, कृषि उजप, विभिन्न खानाका परिकार, जागुगर आकर्षणको रुपमा रहेका छन । यसैविच, महोत्सवमा रक्तदान गर्ने क्रम जारी नै छ भने व्यवसायिक प्रशिक्षणपनि दिने गरिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.