इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन
तुलसीपुर उद्योग वाणिज्य संघले दाङको एकमात्र टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा संचालनका लागी पहल गरिदिन आपुर्ती मन्त्रालगसंग माग गरेको छ । आपूर्ति मन्त्री गणेशमान पुनलाई स्वागत तथा सम्मान गर्दै संघले हवाई सेवा सन्चालन, धावनमार्गको स्तर उन्नती र हवाईसेवा नियमित गर्न ईन्धन डिपो स्थापनाका लागी पहल गरिदिन माग गरेको हो ।
यसैगरी संघले थालनी गर्न लागेको बहुआयामिक सभागृह निर्माणका लागि वजेट विनियोज गरी निर्माण कार्य अगाडि बढाई दिन माग समेटिएको ज्ञापनपत्र मन्त्री पुनलाई वुझाएको थियो । ज्ञापन पत्र वुझ्दै मन्त्री पुनले संघले उठाएका मागहरु सकारात्मक रहेको भन्दै केन्द्रमा आफुले पहल गर्ने बताउनु भयो ।
त्यसैगरी उहाँले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रकृया सुरु गरको भन्दै तत्काल आफुले सोको थालनी गर्न नेपाल आयाल निगमलाई निर्देशन दिएको बताउनु भयो । नेपाल सरकारको निति अनुरुप सात वटै प्रदेशहरुमा इन्धन डिपो निर्माण गर्न निर्णय गरीसकेकाले प्रदेश नं ५ को इन्धन डिपो दाङमा स्थापना हुने बताउनु भयो ।।