ताजा अपडेट

...


रौनक थपौ रनिङ शिल्डमा



गोविन्द खड्का
निराश मनले रौनक थपौ“ रनिङ शिल्डमा भनिरहेको छु । आफ्नो पेशा चिन्न नसकेजस्तो अनुभुति भएको छ । आफ्नो पेशाको मर्यादा जोगाउन सकिन कि ? भन्ने प्रश्न अगाडि राखेर रौनक खोज्दै छु । 

यसपटक क्षेत्र नं तिनको आठौ राष्ट्रपति रनिङ शिल्डमा जाने अबसर मिल्यो । पटक पटक गरेर तिनै दिन सहभागिता जनाए“ । केहि खेलहरुपनि हेरे । खासमा खेलकुदले मलाई मनोरञ्जन दिदैन । आफ्नो छोरी (विजया ज्योती) को खेलमा सहभागिताले गर्दा मैले धाउनु परेको हो । मेरो परिचयले दर्शक बनेर फर्किन दिन्नथ्यो । दैनिक जसो त्यहा“का गतिविधिलाई पत्रिका मार्फत सार्वजनिक गरे“ ।
पहिलो दिनको पिटि परेडले मलाई निक्कै छोयो । अहिले पनि उच्च मा वि रझेनाका विद्यार्थीले दिएको सलाम झल्झल्ती सम्झिरहेको छु । सेनाले दिने कासन भन्दा फरक लागिन । प्रमुख अतिथि स्थानिय विकास अधिकारी रमेश गौतम लगाएत मञ्चमा सलामी ग्रहण गर्नेहरु हर्षित एवं चकित देखिन्थे । विद्यालयले त्यत्रो विकास गरेको सोचेको पनि रहिन छु । जीउले सिरङ्गग¥यो । म दंग परे“ । विद्यानिल कण्ठको स्काउट पोशाक शहितको मार्च मेरो आ“खा घुमिरहेको छ । 

त्यहाका सहभागि विद्यालयहरु एक एक त याद छैन । गोरखा पव्लीक ईन्टरनेश्नल उमावि रब्बेले प्रतिस्पर्धी भन्दा तुलनात्मक साना विद्यालर्थी मार्फत गरेको प्रदर्शन रोचक थियो । खुवाउन आराम गर्न गाडिमै वसार पसार गरेको लगनि थोरै मान्न सकिन्न । पद्यमोदय पब्लिक नमुना उमाविले देखाएको मारुनी नृत्य निकै आकर्षक थियो । उद्घाटन कार्यक्रम चलिरहेको बेला ‘यो मंगला मोडमको लगानी त होला नि सर ?’ भनेर खुसुक्क राजेन्द्र कुमार श्रेष्ठलाई सोधेको थिऐ“ । खुशिले हा“सो दिएर समर्थन गर्नुभयो । सा“च्चै मयूर जस्तै ढल्की ढल्की ताल मिलाएर कलाकार छात्राहरु नाचिरहेको दृश्य कुनै नामी कलाकारको भन्दा कम्ती लागिन ।
विद्यालयहरुलाई आफ्ना विद्यार्थीको नेतृत्व गर्ने कुरा चानचुने थिएन । थाकेर जयशेर मावि रावत गाउका प्रअ हुकुम बहादुर बस्नेत कुर्सिमै लुटुक्कै निदाउनुभएको थियो । लाग्थ्यो लेक बाट ठुलै भारीबोकर ल्याएपछिको थकान हो । अथवा दिनभरी खेतवारीमा खन जोत गर्दा थाकेका किसानको अबस्था । ल परेर निदाउने गरी कष्ट गर्ने भनेको विद्यालयहरुले लगानी गरेका छन् भन्ने बुझ्नुपर्छ  ।

खेल प्रशिक्षकहरुलाई पनि उत्तीकै चटारो थियो । प्रशिक्षक पद्यमा चौधरी लगाएत धेरै थकित थिए । उनिहरु कराएर डा“को बसेको थियो । धुलो, हल, चाप हरेक चिज सहेका थिए । भनिन्छ खेलको अनुशासन शैनिक नियम फरक होईन । सा“च्चै प्रशिक्षक बालकृष्ण शाहले खेल सकिनुु र कार्यक्रम समापन शुरुहुनुलाई सजिलो बनाईदिए । फटाफट काम गेरर वेष्ट प्लेयर देखि सबैको अंक जोडर नतिजा दिनुभयो । यदि लाराङ लुरुङ गरेको भए, अर्को एक दिन चाहिन्थ्यो ।

सबैजसो खेलमा उत्कृष्ठता हासिल गर्दै मध्यपश्चिम प्रहरी बोडिङका प्रथम भयो । अन्तिममा जितको उन्मादलाई भने नियन्त्रण गर्न कठिन परेको देखिन्थ्यो । चौरमा दर्शक डराउने गरी वाईकको टाटा टुटु र तिन चार जना चढाउने जस्ता कार्य देखिए । बजारमा ट्राफिक प्रहरी लाई चुनौति दिदै बसको छदमा बसेर उन्मादलाई हुटिङमा देखाउने यस क्षेत्रमा चल्दै आएको छ । जसले गरेपनि यस्ता गतिविधिले जितलाई होच्याउछ । अनुशासन सबै कामको छबिलाई उचाईमा राख्ने साधन हो । 

खेलाडिहरुलाई ठुला निजि विद्यालयहरुले गाडिमा वसार पसार गर्थे । उनिहरुले खाना नास्ता सबै आफ्ना क्याण्टिन बाट गराए । सरकारी विद्यालयले पद्यमोदयले भित्रै खुवाएको बाहेक अरुको व्यवस्थापन खास्सै थाह भैन । बालविकास माविले पनि आफ्नो फरक पोशाक बनाएको रहेछ । ट्रयाक लगाएका विद्यार्थीले कुनै निजि विद्यालयको भन्दा कमसल हैसियत प्रदर्शन गरेनन् । मान्छेहरुले कमजोर देख्यो नै सरकारी विद्यालय भनेर खिशि ट्यूरी गर्दा रहेछन् । प्रतिस्पर्धा भनेपछि निजि विद्यालय मात्रै सोचिदो रहेछ । कतै भद्धा तरीकाले विद्यार्थी ग्वार्र ग्वार्रति हिडे, बस्दा खेरी असरल्ल छितरीए वा अन्य केहि नसुहाउदो गरे भने ‘कुन सरकारी विद्यालय रहेछ ?’ भन्ने रहेछन् । 

राम्रो काम भएपनि कुसमयमा भएपछि नकारात्मक असर गर्ने खतरा रहन्छ । नजिकै आएको बार्षिक परिक्षाले धेरैलाई खेल प्रति थोरै अरुची बढाएको छ । आधा व्यखुस बच्चा फेल हुन्छ भन्नेले बनाएको छ । गे्रडिङमा पनि कम प्रतिशत आउने खतरा छ । त्यसतै बच्चाको पनि दिमाग पुरै खेलतिर मोडिने देखिन्छ । उनिहरुले साधना गरेनन् भने खेल जित्न सक्दैनन् । विद्यालयको परिक्ष भन्दा मैदानको खेललाई अघि देख्छन् । त्यसो गरेनन् भने चिट चोरेर पनि पास भएजस्तो मैदानमा हुन्न । त्यसैले परिक्षको मुखैमा खेलकुद प्रतियोगिता विद्यार्थीका लागि प्रतिकुल छ । यसलाई निति निर्माताहरुले पनि दशै तिहार पछिको समय छनौट गर्नुपर्छ । त्यसबेला आयोजना गरीयो भने अभिवावकको तनाव कम हुन्छ । विद्यार्थीले आफ्नो कौशल घरको टर्चर बाट मुक्त भएर देखाउन सक्छन् । अभिवावकले फेल हुन्छस, नम्बर कमहुन्छ भनेर घरमा आतंकित बनाउदैनन् । 

खेल एक जनाले मेडल पाउने विषय मात्रै होईन । कुनै विद्यालयले सिल्ड हातपार्देमा खेलको औचित्य सकिन्न । खेलले देशका लागि असल, स्वस्थ एवं अनुशासीत नागरीक तयार गरेको हुन्छ । पेशा व्यवसाय गर्न भोलि जुन क्षेत्रमा पुगेपनि आ“ट्न सक्छ । जसरी खेलामा ईमान्दारीता देखाउछ त्यसरी मरीमेटि अरु जीम्मेवारी पुरा गर्छ । धेरै पटक सबै नागरीकलाई शैन्य तालिम दिनुपर्छ भन्न प्रसंग चल्छ । माओवादिले त झन् आफ्नो सरकार आएपछि लागु गर्ने बताएका थिए । विद्रोहि हुदाका बखत मान्छे मार्नलाई हो भन्ने रुपमा बाहिर बाट गलत अर्थ लगाईयो । सबै नागरीक शैन्य अनुसासनमा रहने हो भने देश बन्छ भन्ने धेरैका दिमागमा छैन । 

फेरी पनि आफ्नो पत्रकारीताको अनुहार तिर फर्किन्छु । हाम्रा लेख, रचना र समाचारहरुमा हरेक व्यक्तिका उपयोगी कुराको चर्चा गर्ने र गलत कुरालाई सुझावका रुपमा औल्याउने प्रणाली अपुग छ । जसले पत्रिका पढ्छ, जसको सरोकारको विषय हो त्यसलाई लक्षित गरेर लेखिनु पर्दथ्यो । अनि मात्रै सहि कुराको अनुकरण र गलतका निन्दा गर्न सक्ने समाज बनाउन सक्थ्यौ । देखिए चिनिएका, उनिहरु बाट केहि लाभ लिन सकिनेको स्तुति गानतिर हराएका छौ“ । अनि भन्दैछौ पत्रिका कसैले पढ्दैन । स“धै अरुको मात्रै लेखिने पत्रिकामा अपन्वत्व कसरी हुन्छ ? जसले सुन्न र देख्न पाउदैनन् उनको बखान गरेका हुन्छौ । जसलाई चासो छैन उनिहरुले बाद्यताले पढ्ने गरी विषयहरु लद्छौ । शिल्डमा सहभागि खेलाडिको उचित चर्चा भैन । धेरैका छोराछोरीको नाम लेखिने थियो । पत्रिका हेरेर थप उर्जा संगाल्ने थिए । त्यसमा चुकेको प्रति मलाई ग्लानी भएको छ । खेलाडिले एउटा प्रमाणपत्र र मेडल पाए । पहिलो र दोश्रोले जिल्ला स्तरको खेल्न पाउने छन् । त्यस बाहेक उनका गतिविधिहरु बाहिर आएनन् ल्याउन सकेनौ । बालबालिकाले पढाई विगारेर मरी मेटि खेलेको खेलले महत्व पाएन ।

सिल्डमा १९ विद्यालयको सहभागिता थियो । दोश्रो गोरखा पब्लिक ईन्टरनेश्नल उमावि, तेश्रो पद्यमोदय पब्लिक नमुना उमावि बाहेक कहि न कहि अन्यको नाम आउथ्यो । चुकेका छौ“ । क्यामेरा लिएर, खादा पहिरीन, भाषण गर्न, मध्यस्त गरेर विवाद मिलाउन, माथिल्लो स्तरमा पहु“च देखाएर दलाली गर्न, कसैलाई रिझाउन, धम्काउन, लोभ्याएर पट्याउन हरेक काममा हामीले आफुलाई दुरुपयोग गरीरहेका छौ । भन्दै छौ“ सुचना लुकाए, जनताको सुचनाको हक कुष्ठित भयो । सुझाव दिनुहोला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डा“गि, कोषाध्यक्ष एवं क्षेत्रीय संयोजक कैलाश रोकाले भनिरहेका थिए । गहिरो संग बुझे पनि राम्रो नराम्रो देखिनु ?

हामी पत्रकारले गरेको धेरै गतिविधिले मान्छेहरुलाई अनेकौ राहत मिलेको छ । रोगी, अस्हाए, अपांगता भएकालाई ज्यूने आधार पत्रकारीता बनेको छ । त्यसले फुरुङ्ग बनाउछ । केहि दिन अघि जेष्ठनागरीक सरोकार केन्द्रले घोराही तेरौटेमा साधारण सभा गरेको थियो । त्यो कार्यक्रममा एक जना पत्रकारको उपस्थिति देखेर यस क्षेत्रका अगुवा एवं बरिष्ठ पत्रकार नारायण प्रशाद शार्माले असन्तुष्टि व्यक्त गर्नुभएको थियो । ‘अहिलेको पत्रकारीता बुझ्न सकिन । कस्तोले महत्व पाउने रहेछ । पत्रकारहरु कता दौड्ने रहेछन् ?’भन्नुहुन्थ्यो । खान नपाईने ठाउ“मा नजाने हो कि भन्ने संका देखिन्थ्यो । त्यो सत्य नहोला । हामि चुकेको भने अकाट्य हो । अझ राम्रो बनाउन धेर थोर कमजोरी धेरै पक्षका छन् । सुधारेर आगामि रनिङ शिल्डमा रौनक थपौ“ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.