ताजा अपडेट

...


दाङमा एक महिला माथि एसिड आक्रमण



इन्द्रेणी संवाददाता 
काठमाडौंमा तहल्का मच्चाएको दुई किसोरीमाथिको एसिड आक्रमणको झण्डै १ बर्ष पछि आज दाङमा पनि एक महिला माथी एसिड प्रहार भएको छ। दाङ घोराही २ गुलरिया निबासी ३२ बर्षिया रिता चौधरी माथी बिहिवार साँझ ७ बजेतिर अज्ञात ब्यक्तिले एसिड प्रहार गरि भागेका थिए।

एसिडले पीडित रिताको गर्धन र दाहिना गाला जलेको छ। साँझ ७ बजेतिर आफ्नै किराना पसलमा बसिरहेकी पीडित रितालाइ  अपरिचित व्यक्ति आएर चुरोट मागेपछि चुरोट दिन खोज्दा अनुहारमा एसिड प्रहार गरि ती व्यक्ति भागेका थिए। घटना कस्ले र किन गर्यो भन्नेकुरा खुल्न नसकेपनी व्यक्तिगत रिसिइबी का कारण घटना भएको हुनसक्ने पीडित रिताका भाइ राजेश चौधरीले बताए।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.