ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
स्वास्थ्य केन्द्र स्थापनाका लागी अनुगमन
इन्द्रेणी संवाददाता
दाङ, ७ चैत्र
दाङ त्रिपुर नगरपालीका अन्र्तगत शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागी अनुगमन गरियको छ । त्रिपुर नगरपालीका ११ मा पर्ने ढकेलपुर र आन्द्राभरिया गाउको बिचमा स्वास्थ्य केन्द्र स्थापनाका लागी अनुगमन तथा स्थानिय संग छलफल गरिएको हो । बिकट तथा पहुँच बाहिर रहेका स्थानका सर्बसाधरणलाई सहजरुमा स्वास्थ्यको पहुँचसम्म ल्याउने उद्धेश्यका साथ त्यस स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको नगरपालीकाका कार्यकारी अधिकृत कमासींह थापा मगरले जानकाी दिनुभयो ।
उक्त स्वास्थ्य केन्द्र नेपाल सरकारको कार्यक्रम अन्र्तगत जिल्ला जनस्वास्थ्य दाङको मातहतमा रहने गरि स्थापना गर्न लागिएको हो । दलित,जनजातिको बाहुल्यता रहेको साथै शिक्षा,स्वास्थ्य जस्ता कुराहरुले पछाडि रहेकोे क्षेत्र भयकाले नागरिकलाई सजिलै स्वास्थ्य सेवा प्रदान गर्न पहिलो चरणमा यो स्थान प्राथमिकतामा परेको नगरपालीकाले जनाएको छ । स्वास्थ्य संस्था संचालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक वर्ष ३ लाख १० हजार रकम उपलव्ध गराउने छ भने बाँकि रकम त्रिपुर नगरपालीकाले प्रदान गर्ने छ ।
सो अवसरमा तत्कालका लागि घर भडामा लिई यहि महिना भित्रै बिभिन्न सेवा सहित स्वास्थ्य केन्द्र संचालनमा ल्याउने गरि कार्य अगाडी बढाईको जानकारि गराईएको थियो । साथै स्वास्थ्य केन्द्र संचालनका लागी भाडामा लिने घरको पनि अबरोकन गरिएको छ । शहरी स्वास्थ्य केन्द्र संचालन भएमा आधारभुत स्वास्थ्य सेवा तथा सामान्य तथा सुरक्षीत प्रसुति सेवा यहाँका बासिन्दाले सजिलै प्राप्त गर्न सक्नेछन । यस स्थानमा स्वास्थ्य केन्द्र स्थापना भयो भने त्रिपुरका ढकेलपुर, आन्द्राभरैया, कर्मटुवा, भग्वार, मछाई, दुन्द्रा लगायत गाउँ र धर्ना र डुरुवा गाबिसका केहि सर्वसाधारणलाई समेत सहज हुनेछ ।।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment