ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
मदानीमा आख्यानकार वुद्धिसागर आउने
इन्द्रेणी संवाददाता
दाङ १२ चैत्र वावुको सँघर्षलाई छोराको आँखाले हेरिएको उपन्यास कर्णाली व्लुज लेखेर नेपाली साहित्यमा नयाँ तरङ्ग ल्याएका युवा आख्यानकार वुद्धिसागर दाङ्ग आउने भएका छन् । उनी आफ्नो दोश्रो कृति फिरफिरेको चर्चा र पाठकसँग प्रत्यक्ष संवाद गर्नका लागि चैत्र १५ गते दाङ्ग आउन लागेका हुन् । लेखक र कृतिका वारेमा निरन्तर अन्तक्र्रिया गर्दै आएको मदानी साहित्य समुह नेपालको आयोजनामा हुने कार्यक्रममा उनले फिरफिरे र आफ्नो लेखनी यात्राकोे वारेमा पाठकसँग प्रत्यक्ष छलफल गर्ने मदानीका संयोजक वसन्त विवश आचार्यले वताए ।
वोक्सी र अन्धविश्वासका कारणले समाजमा पारेको प्रभावका वारेमा लेखिएको फिरफिरे अहिले चर्चा रहेको उपन्यास हो । मधेसी र पहाडी समुदायको कथालाई उपन्यासमा वलियो ढँगले उनीएको छ । “मैले भोगेको र देखेका कुरालाई उपन्यासमा शब्दले उनेको मात्र हुँ ” लेखक वुद्धिसागरले फिरफिरेका वारेमा ट्विट गरेका छन् । तीनवर्षको निरन्तर लेखनीले फिरफिरे तयार भएको वताउने उनले फिरफिरेको प्रारम्भिक प्रतिक्रियाबाट आफु निकै हौसिएको समेत वताए । कार्यक्रम नेपाल पत्रकार महासँघ घोराहीको सभाहलमा ३ वजे हुने कार्यक्रम सँयोजक नविन अभिलाषीले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment