इन्द्रेणी संवाददाता
दाङ १२ चैत्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एंव उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपाल सरकारले चीनसँग हालै गरेको पारवहन सम्झौता ऐतिहासिक उपलब्धी भएको बताउनु भएको छ । भारतसँग मात्रै परनिर्भर रहेको नेपालको बजार चीनसँग भएको पारवहन सम्झौताले त्यसलाई तोड्ने काम गरेको उहाँको भनाइ छ ।
प्रगतिशिल पत्रकार संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले चीनसँगको पारवहन सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको धारणा राख्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीले चिनसँग गरेको सम्झौताले अन्य १३ वटा देशसँग पनि व्यापारको ढोका खोलेको उहाँको भनाइ छ ।
सहकारी तथा गरिबि निवारण मन्त्री समेत रहेका केसीले सहकारी नयाँ ऐन ल्याउन सत्तासीन दलहरुले नै रोक्न ठूलो कसरत गरेको आरोप पनि लगाउनुभयो । देशभरका ५२ जिल्लाका १ सय ५ जना पत्रकाहरुको सहभागिता रहेको भेलामा पत्रकारीताको पेशागत सुरक्षा र बर्तमान अवस्थाको बारेमा छलफल हुने अध्यक्ष नारायण शर्माले बताउनुभयो ।






No comments:
Post a Comment