ताजा अपडेट

...


जनसंख्याको आधारमा महिला प्रतिनिधित्व आवश्यक



इन्द्रेणी संवाददाता 
घोराही , २३ फागुन । जनसंख्याको आधारमा प्रतिनिधित्वको ब्यबस्था हुनुपर्ने महिलाहरुले माग गरेका छन । १०६ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आइतवार घोराहीमा आयोजना गरिएको नेपालको संबिधानमा महिला अधिकार बिषयक अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

    कार्यक्रममा बोल्ने महिलाहरुले जारी संबिधानमा महिला अधिकारका हकमा धेरै कुराहरु सुनिश्चित भएपनि ब्यबहारमा उतार्न अफ्ठयारो पर्ने गरेको बताएका थिए ।  अफ्ठयाराहरु समाधान गर्नका लागि सम्वन्धीत निकायमा बसेका सरोकारवालाहरुको सोचमा परिबर्तन आउन आवश्यक भएको अन्र्तपार्टी महिला सञ्जाल दाङकी संयोजक पुनम सेर्पाइलीले बताउनुभएको थियो । संबिधानमा नयाँ नीति आए पनि कार्यान्वयन गर्ने पक्षको सोच पुरानो भएकाले कार्यान्वयन गर्ने पक्षको चिन्तन परिर्बतन आउनुपर्ने  सेर्पाइलीले बताउनुभयो ।

    “लैङगिक समानताको लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी”, “संबिधानलाई ब्यबहारमा उतारौ, महिला अधिकार सुनिश्चि गरौ” भन्ने मुल नारालाई पुरा गर्नका लागि सवैका विचमा सहयोग आवश्यक रहेको बक्ताहरुले बताउनुभएको थियो ।  प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

महिला विकास कार्यालयका बाल संरक्षण अधिकृत श्रीधर ज्ञवालीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको सञ्जालकी केन्द्रिय सदस्य लक्ष्मी आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथी हुमा डि.सी, कमला जि.सी, पुनम सेपाइली लगाएतले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महिला बिकास निरिक्षक मोती बिश्वकर्माले गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.