ताजा अपडेट

...


दाङ पर्यटन महोत्सवको रौनकता



 स्थानीय उत्पादनको विशेष प्रदर्शनी २० करोडको कारोबार हुने अनुमान 

धनिराम शर्मा 
आन्तरिक उत्पादन, उद्यमशिलता र पर्यटनलाई मुख्य केन्द्र मानेर आयोजना भएको दाङ पर्यटन महोत्सवको रौनकता ह्रवात्तै बढेको छ । सांस्कृतिक पर्यटन कृषी र औद्योगिकीरकण विकासको आधार क्षेत्र मानिने दाङमा थारु मगर सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन भइरहेका छन् । कृषी र वनमा आधार उत्पादनहरुको स्टलले आत्मनिर्भर अर्थतन्त्र विकासको संकेत गरिरहेका छन् । स्थानीय सीप कलाले यतिबेला राम्रो बजारीकरणको अवसर मिलेको छ । ग्रामीण अर्थतन्त्रका बलिया आधार मानिने लघु उद्यमीहरुले उत्पादन गरेका माल महोत्सव अवलोकनकर्ताको आकर्षण बनेका छन् । आयोजकले स्थानीय उत्पादनलाई विशेष स्थान दिएकोले उत्साहपूर्ण प्रदर्शनी रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदीले बताए । 

दाङको घोराही नगरपालिका नवलपुरमा आयोजना भएको महोत्सवमा स्थानीयदेखि राष्टिय कलाकारहरुले तताएका छन् । राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती स्थानीय उत्पादनको प्रदर्शनी मगर थारु सांस्कृतिक प्रस्तुतीहरुले अवलोकनकर्तालाई लठ्ठै पारेको छ । पर्यटकीय गन्तव्यहरुको जानकारी, प्याराग्लाइडिङ उडान, हेलिकप्टरबाट मध्यपश्चिमका पर्यटकीय गन्तव्यको अवलोकन र भ्रमण गर्ने जस्ता कार्यक्रमले महोत्सवको लक्ष्यलाई बल पुराएको छ । गाँउ र दुरदराजमा बजारको अभावमा ओझेलमा परेका उद्यमहरुको बजारीकरणलाई उजागर गरेको छ । कृषीजन्य वन पैदावर उत्पादनहरु महोत्सवका आकर्षण बनेका छन् ।

जिल्ला भित्रका पर्यटकीय गन्तव्यहरुको अवलोकन भ्रमण गर्न प्याकेजका कार्यक्रम संचालनमा छन् । पाहुनाहरुको सुविधाका लागि जिल्लास्थित होटेलहरुमा सहुलियतमा सेवा उपलब्ध गराइएको छ । देशकै उत्कृष्ट नगर घोराहीलाई हरित र पर्यटन मैत्री  नगर बनाउने कामहरु भैरहेका छन् । स्थानीय थारु मगर संस्कृति सम्वद्ध परिकाहरुको स्वाद पाहुनाले लिने गरेका छन् । जसले गर्दा महोत्सवले आफ्नो लक्ष्य प्राप्ती गर्ने र मन्द बनेको आर्थिक गतिविधीलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । जिल्लाको पर्यटन विकासको दीगो समावेशी गुरुयोजना निर्माण गरिने भएको छ । त्यस्को लागि निजी क्षेत्रले विशेष पहल लिने भएको छ । 

स्थानीय उत्पादनको बजारीकरण गर्ने र साना उद्यमीहरुको मनोबल बढाउने आयोजकले प्राथमिकरण गरेको छ । त्यस्का लागि तीन सय पचास स्टलहरुको व्यवस्था गरिएको छ । राप्तीका पर्यटकीय गन्तव्यहरुको उजागर गरिने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्कबहादुर बढाथोकीले बताए । पाँच लाख दर्शकले अवलोकन गर्ने र बीस करोड बराबरको आर्थिक कारोबार हुने उपाध्यक्ष बुढाथोकीले दावी गरे ।

हो औद्योगिकीकरण विना मुलुकले समृद्धि हासिल गर्न सक्दैन, त्यसका लागि राज्यको ठोस नीति र निजी क्षेत्रको सहकार्यमा अघि बढे आर्थिक विकास टाढाको बाटो होइन ।  दाङ जस्ता औद्योगिकीकरणको प्रवल संभावना भएका क्षेत्रमा थालिएका यस्ता पर्यटन महोत्सवले नयाँ सन्देश दिनसक्छन् । तसर्थ सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा दाङको पर्यटन उद्योगको विकासका लागि महोत्सव कोशेढुंगा बनोस् ।



।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.