ताजा अपडेट

...


पर्यटन पत्रकार समुहले पत्रकारीता तालिम संचालन गर्ने



इन्द्रेणी संवाददाता 
घोराही,२३ फागुन । नेपाल पर्यटन पत्रकार समुह(एन्टोज)को बैठक आइतवार घोराहीमा सम्पन्न भएको छ ।
    समुहका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा बसेको बैठकले नयाँ वर्ष २०७३ को अवसरमा राप्तीको पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि क्यालेण्डर प्रकाशन गर्ने निर्णय गरेको छ ।

 क्यालेण्डर प्रकाशन गर्नका लागि समुहका महासचिव केशरमान विसीको सयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरेको छ । जसको सदस्यमा उदय विसी,लिलाधर वली,गिरिराज नेपाली र रेखा मगर रहनुभएको छ ।

 त्यस्तै वैठकले पयर्टन प्रर्वद्धनका लागि सरोकारवा निकायहरुसँग समन्वय गरेर पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि चैतको दोश्रो हप्ता दुई दिने तालिम गर्ने निर्णय  गरेको नेपाल पर्यटन पत्रकार समुहका सचिव लिलाधर वलीले जानकारी दिनुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.