ताजा अपडेट

...


सभापतिका लागि देउवालाई ११ मत पुगेन



दोश्रो चरणको मतदान आज हुदैँ
देउवाको जित संभावना, अब सिटौला निर्णायक
 

काठमाडौँ २४ फाल्गुन । कांग्रेस  महाधिवेशनमा सभापतिको लागि कुनै पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ । भर्खरै सकिएको मतगणना  अनुसार शेरबहादुर देउवाले १५६४ , रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ । सोही अनुसार काँग्रेस सभापति हुनका लागि १५ सय ७५ मत ल्याउनुपर्ने थियो तर देउवाको ११ मत पुगेको छैन ।

दोस्रो चरणको निर्वाचनमा जाँदा पहिलो चरणको निर्वाचनमा कम मत ल्याउने उम्मेद्वार दौडबाट बाहिरिनेछन् । जसअनुसार अब सिटौला उम्मेद्वारबाट बाहिरिएका छन् भने देउवा र पौडेलबीचमात्रै प्रतिश्पर्धा हुनेछ । जसका लागि आजै निर्वाचन हुने कार्यक्रम छ ।

यसकारण देउवा हुनसक्छन सभापती

पहिलो निर्वाचन बाट ११ मत मात्र नपुगेर सभापती नबनेका देउवा लाइ अब सिटौला प्यानलले साथ दिने संभावना छ  । युवा नेता गगन थापाका ससुरा अर्जुननरसिह केसी हालसालै मात्र संस्थापन प्यानलबाट देउवा प्यानलमा गएकाले गगन र सिटौलाको साथ देउवालाई हुनसक्ने संभावना देखिन्छ र यसपटक देउवा सभापती बन्ने संभावना छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.