इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज दाङसहित देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको हो ।
मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।
भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शीर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।
शिवरात्रीको अवसरमा आज दाङका धार्मिक तथा मठमन्दिरहरुमा भक्तजनहरु पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्न पुगेका छन । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिएको हो । शिवरात्रिको विकृतिस्वरुप गाँजा, भाङजस्ता नशालु पदार्थ सेवन गर्ने परम्परा समाजमा बढेको छ ।
दाङको धारापानी, सवारीकोट, धानखोला वाह्रकुने दह लगाएत स्थानमा आज मेला समेत लागेको छ । महाशिवरात्रीको अवसरमा दाँको धारापानीमा मेला समेत आयोजना गरिएको छ । कलाकारहरु आर एने सिग्देल, ज्योति मगर लगाउतका कलाकारहरुको प्सतुती रहने आयोजक धर्ना युवा सन्जालले जनाएको छ ।।।