ताजा अपडेट

...


काँग्रेसमा दोस्रो चरणको मतदान हुँदै




इन्द्रेणी संवाददाता
काठमाण्डौ, २४ फागुन
नेपाली कांग्रेसको सभापतिमा कुनैपनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसक्दा फेरि मतदान हुने भएको छ । हिजो हिजो भएको मतदानको अन्तिम परिणाम सार्वजनिक हुँदा कसैको पक्षमा बहुमत आउन सकेन । बरिष्ठ नेता शेरबहादुर देउवाले सबैभन्दा बढी मत प्राप्त गरेपनि ११ मत नपुग्दा देउवा सभापति बन्न चुक्नु भएको छ ।


बरिष्ठ नेता देउवाले १ हजार ५६४, रामचन्द्र पौडेलले १ हजार १६० मत प्राप्त गर्नु भएको छ । सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले जम्मा ३ सय २४ मत प्राप्त गर्नुभएको छ । सभापतिको चुनाव अब दोस्रो चरणमा प्रवेश गरेको छ । कांग्रेसको विधान अनुसार सभापति बन्न ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

काठमाण्डुको राष्ट्रिय सभागृहमा सकिएको मतगणनापछि अब दास्रो चरणको चुनाव आजै हुनेछ । दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान गर्न निर्वाचन समितिले निर्णय गरेको छ । निर्वाचन समितिले नेपाली कांग्रेसको विधानको १६ ९क० अनुसार पहिलो पटक कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेकाले दोस्रो चरणको निर्वाचन गर्न लागिएको निर्वाचन समितिले जवनाएको छ ।

बिहान निर्वाचन समितिले मतदानस्थल काठमाडौंको सभागृहमा सूचना टास गरेको छ । समितिका सदस्य खम्म खाँती, गोपालकृष्ण घिमिरेले हस्ताक्षर गरेको सूचनामा आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन गर्ने भनिएको छ । दोस्रो चरणको मतदानबाट परिणाम आएपछि मात्रै अरु पदको मत गन्ने काम सुरु हुनेछ । मत पेटीका पार्टी कार्यालयमा कडा सुरक्षा घेरामा राखिएको छ ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.